पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा तपाईलाई स्वागत छ । धन्यवाद
March 16, 2016
The basic objectives and functions of PRC are as follows:
March 11, 2016
कार्य
-
१. नेपाल सरकारलाई सहकारी नीति तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने,
-
२. सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी संघ/संस्थाहरु संचालन गराउने,
-
३. सहकारी संघ/संस्थाहरुको निरीक्षण, प्रतिवेदन लगायतका अनुगमन सम्वन्धी कार्यहरु गर्ने, गराउने,
-
४. सहकारी संघ/संस्थाहरुको सूचना तथा तथ्यांकहरुको संकलन, विश्लेषण र प्रकाशन सम्वन्धी कार्य गर्ने, गराउने,
-
५. सहकारी ऐन र नियमावली वमोजिम सहकारी संघ/संस्थाहरुको संचालन गर्ने, गराउने,
-
६. सहाकारी संघ/संस्थाको संचालनको क्रममा देखिएका गतिरोधहरु हटाउन आवश्यक समन्वय गर्ने,
-
७. सहकारी संघ/संस्थाको एकीकरण, विभाजन र विघटन गर्ने, गराउने,
-
८. सहकारी कानून वमोजिम संचालन नहुने सहकारी संघ/संस्थाहरुलाई दण्ड/जरिवाना गर्ने/गराउने,
-
९. सहकारी मूल्य, मान्यता तथा सिद्धान्त सम्वन्धी सहकारी शिक्षाका
अतिरिक्त सहकारी संघ/संस्था मार्फत संचालन हुन सक्नेव्यावसायिक प्रकृतिका
तालीमहरु संचालन गर्ने/गराउने,
-
१०. सहकारी संघ/संस्थाहरुको संचालन पद्धतिलाई व्यवस्थित गर्न आवश्यक सूचना, निर्देशिकाहरु जारी गर्ने,
-
११. नेपालको सन्दर्भमा सहकारी सम्वन्धी अध्ययन, अनुसन्धान गर्ने गराउने,
-
१२. नेपालका सहकारी अभियानका सम्वद्ध पक्षहरुका वीचमा सहकारी क्रियाकलापको संचालनमा समन्वयात्मक भूमिकानिर्वाह गर्ने,
-
१३. सहकारी क्षेत्रमा आवश्यक जनशक्तिको प्रक्षेपण तथा विकास गर्ने,
-
१४. प्रचलित कानून वमोजिम सहकारी संघ/संस्थाहरुलाई प्राप्त हुने राजश्व छुट/सुविधाका लागि आवश्यक सहयोग गर्ने,
-
१५. सहकारी सम्वन्धी दीर्घकालीन र अल्पकालीन सोच/ योजना तर्जुमा गर्ने गराउने,
- १६. सहकारी सम्वन्धी राष्टिय/अन्तर्राष्टय सभा, सम्मेलन, गोष्ठी, तालिम तथा अध्ययन भ्रमण लगायतका कार्यक्रममाप्रतिनिधित्व गर्ने/गराउने,
- १७. विभाग अर्न्तगतका निकायहरुको व्यवस्थापन सम्वन्धी कार्यहरु गर्ने ।
उद्देश्यहरु
-
१. देशमा छरिएर रहेका स साना पूँजी तथा सीपलाई एकत्रित गरी सहकारीताको
माध्यमवाट आफ्नो आवश्यकता आफै पूरा गर्ने प्रकारका स्थानीय आर्थिक
क्रियाकलाप वृद्धि गर्न सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी
संघ/संस्थाहरुको स्थापना हुने वातावरण तयार गर्ने,
-
२. सीमान्त वर्गको वाहुल्यता रहेको दुर्गम क्षेत्रसम्म आर्थिक,सामाजिक
तथा साँस्कृतिक विकासको आधारको रुपमा सहकारी प्रणालीलाई प्रवर्द्धन गर्ने,
-
३. सहकारी प्रणालीलाई स्थानीय स्तरमा कृषि तथा गैह्र कृषिजन्य वस्तु तथा सेवाहरुको व्यावसायिकरण गर्ने माध्यमको रुपमा विकास गर्ने,
- ४. सहकारी अभियानलाई विधिसम्मत र सिद्धान्तनिष्ठ ढंगवाट संचालन गर्न सम्वन्धित पक्षलाई अभिप्रेरित गर्ने, गरीवी निवारणको राष्टिय लक्ष्य प्राप्तिका लागि प्रभावकारी संस्थागत संयन्त्रको रुपमा सहकारी संघ / संस्थाहरुलाई परिचालन गर्ने,
Subscribe to:
Posts (Atom)