December 25, 2015

Introduction of Prithivi Saving & Credit Co-operative limited.

                 Prithivi Saving and Credit Co-operative limited was established under the Co-operative Act 2048 B.S. in Nepal, Which was Registered in Division Sahakari Karyalaya, Chandragadi in 2069/070 B.S. and its Registration no is 3/1/7/689/069/070 . It had been Performing its task for the welfare of Public's . Very reputed and  well experienced people are operating this organization with the respect to the Sprite of Co-operative Revolution of the Government of Nepal. Prithivi Saving and Credit Co-operative limited has operating with number of financial opportunities to its needy member and society as a whole ignoring cheap assurance of the Market Since 2069 B.S. 

                     In the Contest of Competitive Market due to government's Liberal and free economic Policy along with the pace of technological entrancement, our entrepreneurs are facing number of threats development on the belief of "Today's Saving is tomorrow's ornaments" . Co-operative play on vital role in the economic development of the country. It is the backbone and third pole of economic development of every country so, Prithivi Saving and Credit Co-operative has been Providing Strong financial Support to those remote people who are keeping interested to raise their life style with their Creativity. Prithivi Saving and Credit Co-operative is always there to serve you people. 

 

August 24, 2015

सहकारी विभागको सूचना

सहकारी विभागको सूचना
 
१. सर्वसाधारण नागरिकहरुले सहकारी र वैंक एउटै होइन भन्ने बुझ्नु जरुरी छ । हरेक व्यक्तिले नियमानुसार  
   सहकारीको सदस्यता प्राप्त नगरे सम्म सहकारी संस्थामा बचत संकलन गर्नु हुँदैन । सहकारी संस्थाहरुले
   सिद्धान्त, मूल्यमान्यता र प्रचलित कानून बमोजिम आ–आफ्नो विनियम अनुसार स्वीकृत कार्यक्षेत्र भित्र
    सदस्य केन्द्रित कारोबार गर्नुपर्ने हुन्छ ।
२. सहकारी संघसंस्थामा आफ्ना सदस्यहरु भन्दा बाहिर कारोबार गर्न, भ्रमपूर्ण विज्ञापन मार्फत
   सर्वसाधारणलाई आकर्षित गर्न र संस्थाको साइनबोर्डमा नेपाल सरकारबाट स्वीकृती÷मान्यता प्राप्त भनी
   लेख्न, प्राथमिक पूँजिकोषको १० गुणा भन्दा बढी बचत कारोबार गर्न, एक जना सदस्यले कुल पूँजिकोषको १० प्रतिशत भन्दा बढी रकम ऋण लिन, एउटै परिवारको सदस्य वा एउटै व्यक्ति संचालक समिति, लेखा
   समितिको सदस्य हुन, एकै प्रकृतिको एक भन्दा बढी संस्थामा सदस्य बन्न र एउटै व्यक्ति एक भन्दा बढी
   संस्थाको पदाधिकारीमा बस्न पाइदैन ।
३. सहकारी संस्थाका प्रत्येक सदस्य तथा पदाधिकारीहरुले व्यतिmगत रुपमा संस्थामा नियमित बचत गर्ने र
   संस्थाको हरेक गतिविधि र काम कारवाहीमा सहभागि भई जिम्मेवारी वहन गर्नुपर्दछ ।
४. लेखापरीक्षकको पारिश्रमिक र पदाधिकारीहरुको भत्ता तथा अन्य सुविधा साधारणसभाबाट पारित गराएर 
   मात्र खर्च गर्नु पर्नेछ ।
५. संस्थागत निरन्तरता र नियमितताको लागि सहकारी संघसंस्थाले अनिवार्य रुपमा वार्षिक साधारणसभा र 
   लेखापरीक्षण गराउनु पर्दछ । लामो समय सम्म वार्षिक साधारणसभा र लेखापरीक्षण नगराउने निष्कृय        
  संस्थाहरुको दर्ता खारेजी गराउन सम्वन्धित डिभिजन सहकारी कार्यालयहरुलाई निर्देशन गरिन्छ ।
६. संस्थाका पदाधिकारीहरु नियमनकारी निकाय र सदस्यहरु प्रति उत्तरदायी हुनु पर्दछ । संघसंस्थाको
   संचालक समिति, लेखा समिति तथा अन्य उपसमितिको बैठक नियमित रुपमा बस्ने र महत्वपूर्ण निर्णयको
   माइन्युटको प्रमाणित अभिलेख उपस्थित पदाधिकारीहरुको हस्ताक्षर सहित सुरक्षित रुपमा राख्नु पर्नेछ ।
७. उत्पादन, प्रशोधन र वितरणको उद्धेश्य सहित ठूलो कार्यक्षेत्र राखी दर्ता भएका केही कृषि तथा बहुउद्धेश्यीय
   सहकारी संस्थाहरुले स्वीकृत विनियममा भएको प्रावधान विपरित हुने गरी बचत तथा ऋणको कारोवार गर्ने
   गरेको र खारेजीमा परेका केही सहकारी संस्थाहरुले समेत कारोवार यथावत संचालन गरेको भन्ने बुझिन
   आएको हुदा सम्वन्धित डिभिजन सहकारी कार्यालयहरुले कडाईका साथ अनुगमन गरी यस्तो कार्य तत्काल
   बन्द गर्नु गराउनु हुन निर्देशन गरिन्छ ।
८. सहकारी संघसंस्थाको माध्यमवाट अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्दै रोजगारी सृजना, 
  उत्पादन तथा आयआर्जन बृद्धि र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने उद्येश्य अनुरुप समान प्रकृतिका
  संस्थाहरुको एकीकरण गरी सवल र सक्षम सहकारी उद्यमको निर्माण गर्न सवै सरोकारवालाहरुको ध्यान
  आकर्षण गराइन्छ ।
९. सहकारी मूल्यमान्यता, सिद्धान्त, प्रचलित कानून, विभागीय निर्देशन, परिपत्र र मापदण्डको पालना र
  कार्यान्वयन नगर्ने सहकारी संघसंस्थालाई प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत जानकारी 
  गराईन्छ ।
१०. सहकारी संघसंस्थाको स्वीकृत विनियममा उल्लेख नभएका कामहरु गर्न गराउन पाइनेछैन । तर साधारण
  सभाबाट विनियम संशोधन गरी संबन्धित सहकारी कार्यालयबाट स्वीकृत भए पछि नयाँ काम गर्न सकिनेछ ।
 रजिष्ट्रार

 

सहकारी सुदृढीकरणका सूत्र (नारायणप्रसाद अर्यालको विचार)

 
 
 
 
 
नारायणप्रसाद अर्याल 
मूलतः सहकारी समुदायमा आधारित एवं सदस्यकेन्द्रित विधि हो । यसले बैंक तथा वित्तीय संस्थाहरूले जसरी जहाँसुकै बसोबास गर्ने जोसुकैसँग जुनसुकै खालको बैंकिङ तथा अन्य आर्थिक कारोबार गर्न मिल्दैैन । तर, विगतमा कतिपय सहकारीका सञ्चालक तथा सञ्चालकमा रही वा नरही कार्यकारीको जिम्मेवारी सम्हाल्ने व्यक्तिहरूले ८३३ सहकारी संघ÷संस्था भएको अवस्थामा कमजोर नियमनकारी प्रावधानसहित जारी भई हालसम्म कार्यान्वयनमा रहेको सहकारी ऐन, २०४८ बाट व्यक्तिगत फाइदा लुट्ने दुष्प्रयास गरेका कारण समग्र सहकारी अभियानको छविमै असर पुग्यो । ओरेन्टललगायतका सहकारीले खासगरी देशैभरिका हजारौं व्यक्तिहरूबाट ठूलो अंशमा बचत संकलनको अभियान चलाए ।
बचतकर्ता सदस्यहरूले संस्थाको अवस्था र सञ्चालकको सम्बन्धमा जानकारी हासिल नगरी अर्बाैं रकम बचत गरे । संस्थाले उक्त बचतलाई आफ्ना सेयर सदस्यहरूमार्फत व्यावसायिक तथा उत्पादनमूलक कार्यमा लगानी गरेको भए कुनै समस्या आउने नै थिएन । तर, त्यसो नगरी आफ्नै निजी वा नातेदार वा साथीभाइका वास्तविक तथा नाम मात्रका परियोजनामा लगानी गरे । कतिपय संस्थाको अधिकांश लगानी अनुत्पादक क्षेत्रमा गयो । त्यस्तो लगानी गर्ने संस्थाका व्यक्तिहरू क्रमशः आफू पनि फसे र सदस्यहरूलाई पनि फसाए । कतिपय सदस्यको पैसा बोकी फरार भए । फलस्वरूप १० अर्ब बढीको लगानी तथा बचत रकम अहिलेसम्म जोखिममै छ । कतिपय ती एवं अन्य संस्थाका ऋणी सदस्यले घरजग्गा धितो राखी लिएको ऋण चुक्ता गर्न खोज्दा संस्था बन्द भएका कारण चुक्ता गर्न नपाउँदा धितो फुकुवा हुन नसकी ठूलो पीडा झेलिरहेका छन् । समस्या बल्झिएको लामो अवधि भइसक्दा पनि रकम फिर्ता दिलाउने सरकारी प्रयासले हालसम्म नतिजा प्राप्त गर्न सकेको पाइँदैन ।
सहकारी सिद्धान्ततः सामूहिक कार्यढाँचा भए पनि व्यवहारमा त्यसो हुन नसक्दा केही समस्या देखिएको हो । सहरी इलाकामा रहेका र ठूलो कारोबार भएका सहकारीमा भन्दा ग्रामीण स्तरमा रहेका र सानो कारोबार गर्ने सहकारीमा सामूहिकताको मर्मको अलि बढी पालना भएको देखिन्छ । सदस्यहरूले आफ्नो दायित्व र भूमिका नबुझेको वा निर्वाह नगरेको कारणले गर्दा विगतमा केही संस्थाका कतिपय खराब नियत भएका व्यक्तिहरूले फाइदा उठाएको तथा केही संस्थाहरू समस्याग्रस्त बनेको पाइन्छ । हाल पनि फाट्टफुट्ट समस्या आउन रोकिएका छैनन्, तसर्थ सहकारीमा सदस्य बनी बचत गर्ने तथा ऋण लिई आयआर्जन बढाउने खालका व्यवसाय गर्ने सबै सदस्यले सहकारी संस्थाहरूको सुदृढीकरणमा आफ्नो अमूल्य भूमिका र जिम्मेवारी रहने कुरा बुझ्न जरुरी छ ।
सेयर सदस्य नबनी बचत कारोबार मात्र गर्ने, पासबुक तथा खातामा नचढाई कारोबार गर्ने, धेरै ब्याजको लोभले गैरस्थानीय, अपत्यारिला तथा नचिनेका व्यक्तिहरूले सञ्चालन गरेका संस्थामा अत्यधिक रकम बचत गर्ने, सहकारीलाई बैंक ठानेर कारोबार गर्ने गरेमा लगानी डुब्न सक्छ । संस्थाले निजी स्वार्थ प्रेरित भई पर्याप्त धितो नराखी ऋण लगानी गरेमा र समयमै त्यस्तो ऋण असुल हुन नसकेमा, संस्थामा सेयर सदस्यहरूको निगरानी र नियन्त्रणको सट्टा सीमित व्यक्तिको हालीमुहाली रहेमा तथा सञ्चालक र कर्मचारीहरू क्रमिक रूपमा सम्पर्कविहीन हुँदै संस्थाको कार्यालय नै बन्द गरी फरार भएमा सदस्यहरूको लगानी जोखिममा पर्न सक्छ । तसर्थ सहकारीका हरेक सदस्यले सचेततापूर्वक निगरानीकर्ताको भूमिका निर्वाह गर्दै संस्थाको सुदृढीकरणका निम्ति क्रियाशील हुनुपर्छ ।
कतिपय व्यक्ति आवश्यकताले नभई लहड वा रहरको भरमा सहकारीमा कारोबार गर्न पुगेको पनि पाइन्छ । कसैले कसैसँग सम्पर्क गराइदिएको वा कसैले भनेको भरमा कारोबार गर्न गएको समेत देखिन्छ । बैंक वा फाइनान्सजस्तै ठानी कोही बचत गर्न मात्र त कोही ऋण लिई तत्कालको आवश्यकता टार्न खाता खोली कारोबार गर्न पुगेको पाइन्छ । लाखौं रकम बचत गर्ने व्यक्तिहरूले कत्ति पनि सेयर खरिद नगरी अर्थात् वास्तविक सेयर सदस्य नबनी कारोबार गर्ने गरेको देखिन्छ । सञ्चालक समितिको निर्णयले मात्र सेयर सदस्य बनाउन र बन्न मिल्ने भए पनि अधिकांश सञ्चालक तथा सदस्यहरू उक्त व्यवस्थाप्रति पूर्णतः बेखबर देखिन्छन् ।
सहरी क्षेत्रका अधिकांश सहकारी संस्थाका सदस्यहरू बचत गर्न संस्थाको कार्यालयमा गएको पाइँदैन । उनीहरूले घर, पसल वा अफिसमा आउने कर्मचारीमार्फत नियमित रूपमा ठूलो रकम बचतका रूपमा पठाउने तर वर्षाैंसम्म पनि संस्थाको कार्यालय कहाँ छ भन्ने जानकारीसम्म राख्ने गरेको देखिँदैन । सहकारी सदस्यको आफ्नै संगठन भएको हुँदा नियमित रूपमा संस्थाको कार्यालयमा जानु जरुरी छ । अधिकांश सदस्यलाई आफूले कारोबार गर्ने संस्थाको नेतृत्वकर्ताका बारेमा समेत जानकारी छैन । ऋणी सदस्यले निर्धारित तालिकाबमोजिम ऋण चुक्ता गर्नुपर्छ । ऋणीले समयमै ऋण चुक्ता गरिदिएमा अन्य सदस्यलाई ऋण प्रदान गर्न आवश्यक पर्ने पुँजीको अभाव हुँदैन । आफूले उत्पादन गरेको सामग्री सहकारी संस्थाकै समन्वयमा बिक्री–वितरणको पहल गर्नुपर्छ । संस्थाले उपभोग्य सामग्रीको बेचबिखन गरेको भए त्यस्ता सामग्री आफ्नै संस्थाबाट खरिद गरी संस्थाको कारोबार र लाभको अंश बढाउन योगदान गर्नुपर्छ । तोकिएको समयभित्रै लेखापरीक्षण सकी साधारणसभा गरेको नपाइए गर्न दबाब दिनुपर्छ ।
साधारणसभामा सबै सदस्य उपस्थित भई पेस भएका प्रतिवेदन, नीति तथा योजना र प्रस्तावहरूका सम्बन्धमा विस्तृत छलफल गरी उपयुक्त सुझाव दिनुपर्छ । तर, अधिकांश साधारणसभा अत्यन्तै न्यून सदस्यको उपस्थितिमा सकिन्छन् । धेरैजसो साधारणसभामा सहकारी सुसञ्चालनका तौरतरिका र विधिका बारेमा छलफल भएको पाइँदैन । विद्यमान कानुनी व्यवस्थाको सम्बन्धमा चर्चा हुँदैन । भाषणबाजीमै सकिन्छ । उपस्थित सेयर सदस्यहरूको भूमिका पनि प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्न ताली बजाउनमै सीमित भएको पाइन्छ ।
साधारणसभाबाट असल एवं प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने सञ्चालक समिति र नियन्त्रणकारी तथा सुझावकारी भूमिका खेल्न सक्ने लेखासमितिको चयन गर्ने जिम्मेवारी पनि सदस्यहरूकै हो । यसो गर्न सके संस्थाको तालाचाबी गलत मनसाय भएका र असक्षम व्यक्तिहरूको हातमा जाँदैन । विनियमबमोजिमका उपसमितिहरू गठन गरी क्रियाशील तुल्याए–नतुल्याएको, संस्थागत सुशासन कायम गर्न सहयोगी हुने आन्तरिक नियमावलीहरूको तर्जुमा गरे–नगरेको, विधिका आधारमा कर्मचारी र सल्लाहकार चुने–नचुनेको, कोषहरूको दुरुपयोग भए–नभएको, कार्यक्षेत्र बाहिर एवं गैरसदस्यसँग कारोबार गरे–नगरेको, बदनीयतपूर्वक ऋण लगानी भए–नभएको, संस्था सहकारी तर परिपाटी निजीजस्तो बनाए–नबनाएको, सहकारीको बोर्डमुनि अनधिकृत कार्य गरे–नगरेको लगायतका विषयमा सेयर सदस्यहरूले सदैव निगरानी गर्नुपर्छ । सदस्यहरूले यस्तो भूमिका निर्वाह गरेमा संस्था बिग्रन पाउँदैन । दीर्घकालसम्म उनीहरूकै हितमा सञ्चालन हुने वातावरण बन्छ ।
कतिपय गलत मनोवृत्तिले ग्रसित व्यक्तिहरूले सम्बन्धित व्यक्तिको इच्छा नबुझीकन तथा स्वीकृति नलिईकन सञ्चालक समिति गठनसम्बन्धी निर्णय लेख्दा उनीहरूको नाम राख्ने गरेको पनि पाइएको छ । आफू बद्मासी गरेर संस्थाबाट अलग भई विदेश पलायन हुने वा सम्पर्कविहीन बन्ने र त्यस्ता निहत्था व्यक्तिहरूलाई सञ्चालकमा राखी फसाउने प्रवृत्ति पनि यदाकदा देखिएको छ । यसलाई रोक्न अर्थात् गलत गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन र निर्दाेषहरूलाई बचाउन पनि सेयर सदस्यहरू सुसूचित एवं थप जिम्मेवार बन्नुपर्छ । अस्वाभाविक सञ्चालन खर्च भए वा कुनै माध्यममार्फत सेयर र बचत रकमको दुरुपयोग गरेको पाइए सञ्चालकलाई सचेत गराउने एवं जुनसुकै प्रकारका गलत कार्य भए लेखासमितिलाई सूचित गर्ने तथा साधारणसभामा प्रश्न उठाउने भूमिका सेयर सदस्यहरूले निर्वाह गर्नुपर्छ । साथै प्रचलित कानुन र मापदण्डको पालना भएको नपाइए सम्बन्धित नियमनकारी निकायमा जानकारी दिने वा उजुरी गर्ने जिम्मेवारी पनि उनीहरूकै हो ।
विगतमा कतिपय संस्थाले वित्तीय स्वास्थ्य बिग्रँदै जाँदा बचत आकर्षित गर्ने माध्यम ब्याजदरलाई बनाए । तर, किन अस्वाभाविक रूपमा ब्याजदर वृद्धि भएको छ भन्ने कुराको विश्लेषण नगरी बचत बढाउनेहरू फस्न पुगे । अहिले पनि यस्तो हेक्का नराख्नेहरू फाट्टफुट्ट फसेका छन् ।
जबसम्म सबै सेयर सदस्यले सहकारी संस्था सञ्चालक समितिका पदाधिकारीको मात्र होइन, यो हामी सबैको हो, यसको सुदृढीकरणमा सबैको जिम्मेवारी हुन्छ भन्ने कुराको बोध गरी असल सदस्यको पहिचान बनाउन सक्दैनन्, तबसम्म सहकारी क्षेत्रका समस्या समाधान गर्न कठिन हुने देखिन्छ ।
(अर्याल डिभिजन सहकारी कार्यालय, काठमाडौंका वरिष्ठ सहकारी अधिकृत हुन् ।)

- See more at: http://www.prithivisavingcco.blogspot.com